चीनलाई पराजित गर्दै अमेरिका युनाइटेड कपको सेमीफाइनलमा प्रवेश

पुस १८, २०८१ |खेल ब्युरो
चीनलाई पराजित गर्दै अमेरिका युनाइटेड कपको सेमीफाइनलमा प्रवेश

काठमाडौं । अमेरिका चीनलाई पराजित गर्दै युनाइटेड कपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाको पर्थमा भएको खेलमा कोको गौफ र टेलर फ्रिट्जले चिनियाँ विपक्षीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

गौफले झाङ सुवाइलाई पराजित गर्दै अमेरिकालाई शानदार सुरुवात दिलाएकी थिइन् । प्रतिस्पर्धात्मक बनेको यी दुई बीचको पहिलो सेट टाइब्रेकरमा पुग्यो । अमेरिकाले दबाब पनि महसुस गरेको थियो । तर विश्व नम्बर तीन गौफले ७-६ ले सेट आफ्नो पक्षमा पारिन् । यो सेट ५९ मिनेटसम्म चलेको थियो ।

दोस्रो सेट सहजै ६-२ ले जितेपछि अमेरिकाले खेलमा नियन्त्रण जमाएको थियो । ३५ वर्षीय झाङ , गाओ सिन्यु चोटग्रस्त बनेपछि चिनीयाँ टिममा आएकी हुन् । उनले गौफलाई रोक्न सकिनन् ।

गौफले जित हात पार्न एक घन्टा ३४ मिनेट समय खर्चिइन् । झाङविरुद्ध गौफ अपराजित छिन् । फ्रिट्जले झाङ झिझेङलाई ६-४, ६-४ ले पराजित गरेका हुन् । यो खेल एक घन्टा १९ मिनेटमा सकिएको थियो ।



Enter Kantipur TV HD
Advertisement