काठमाडौं । इटालियन क्लब एसी मिलानले पोर्चुगलका सर्जियो कोन्सेसाओलाई प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबमा अनुबन्ध भएपछि आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक कोन्सेसाले क्लबलाई सही दिशा दिन आफू आएको बताएका छन् ।
क्लब राम्रो अवस्थामा नभएको कारण उनले आफू क्लबमा आउनुपरेको बताए । अब उनको नेतृत्वमा क्लबले यहि सप्तान्तमा इटालियन सुपर कपमा युभेन्टसको सामना गर्नेछ । कोन्सेसाओले क्लबको खराब नतिजाको लागि पूर्व प्रशिक्षकलाई मात्र दोष दिन नमिल्ने बताएका छन् ।
उनले अब आफूसँग धेरै समय नभएको र धेरै काम गर्न बाँकी रहेको पनि बताएका छन् । कोन्सेसाले सबै खेलाडीलाई बराबरी अवसर दिनेसमेत बताए ।
यसअघि गत जुनमा एसी मिलानले पाउलो फोन्सेकासँग तीन वर्षको लागि सम्झौता गरेको भए पनि उनको प्रशिक्षणमा सन्तोषजनक नतिजा आउन नसकेपछि क्लबले यही साता बर्खास्त गरेको थियो। यता जुन हिसाबले प्रशिक्षकलाई बर्खास्त गर्नुपर्यो त्यो शैलीबारे क्लबका सल्लाहकार ज्वालटन इब्रमहिमोविचले पूर्व प्रशिक्षक पाउलो र समर्थकसँग माफी मागेका छन्।