सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फको बहस सकियो

पुस १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फको बहस सकियो

कास्की । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरीवालाका तर्फको बहस सकिएको छ ।

रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा सहकारी पीडितहरुको तर्फबाट आज कानुन व्यवसायीहरु युवराज पराजुली, रामचन्द्र गौतम, वेद बहादुर विष्ट, सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र हरि कट्टेलले बहस गरेका हुन् । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा जाहेरवाला तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरुले सहकारी रकम अपचलनमा उच्च पदस्थ व्यक्तीहरुको संलग्नको प्रमाण प्राप्त भएकाले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुनसक्ने भन्दै पुर्पक्षमा पठाउनुपर्ने बताए ।

प्रतिवादी पुर्वगृहमन्त्री लामिछानेसहित, पूर्वडीआईजी एवम गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, लिला पछाई, राम बहादुर खनाल लगायतले संगठिन रुपमा अपराध गरेकाले थुना मै राखेर मुद्दा अगाडी बढाइनुपर्ने उनीहरुले दाबी गरे । हिजो सरकारी वकिलको तर्फबाट बहस सकिएपछि आज जाहेरीवालाको तर्फबाट बहस भएको हो ।

भोलि (शुक्रबार)देखि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस हुने छ । त्यसपछि न्यायाधीश राईले प्रतिवादीहरुलाई थुना मै रहेर वा थुना बाहिरै बसेर मुद्दा लड्ने भन्ने आदेश दिनुहुनेछ । आज बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी जोशी, पछाई, खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । 

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement