काठमाडौं । इटालियन सिरी आ अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले कोमोविरुद्ध जित दर्ता गरेको छ । जितसँगै मिलान अंक तालिकाको तेस्रो स्थानमा छ पुगेको छ ।
घरेलु मैदान सान सिरो रंगशालामा मिलानले क्लिन सिट राख्दै दुई-शून्यको गोलको जित निकालेको हो । खेलको ३२औँ मिनेटमा मिलानले निकै सुन्दर अवसर गुमायो । डेन्सल डमफ्रिजको कटब्याकमा हेनरिच एमखितारनले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।
ब्यारेला र मिर्टनेजले पनि उत्कृष्ट प्रहार गर्न नसक्दा इन्टर पहिलो हाफमा अग्रता बनाउन चुक्यो । साविक विजेता इन्टरविरुद्ध गत वर्ष दोस्रो डिभिजनबाट बढुवा भएको कोमोले उत्कृष्ट डिफेन्स गरेको थियो । खेलको ४८औँ मिनेटमा भने इन्टर डेडलक तोड्न सफल भयो । उसका लागि कार्लोस अगुस्तोले हेडर गोल गरे ।
खेलको इन्ज्युरी समयमा काहनोग्लुको पासमा मिलानका लागि मार्ककस थुरमले गोल गरे । गएरातिको खेलसँगै काहनोग्लु युरोपको शीर्ष पाँच लिगमा एक सय ५० गोलमा योगदान पुर्याएका छन् । उनले ७६ गोल गरेका छन् भने ७४ पास मिलाएका छन् । यता मार्कस थुरामले भने यो वर्ष मात्रै १८ गोल गरेका छन् ।