काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डको अवसरमा २३ खेलाडी र ३ प्रशिक्षक गरी २६ जनालाई एकमुष्ट १३ लाख रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले नेपाल महिला फुटबल संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की पूर्वसदस्य पेमा डोल्मा लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । पेमा डोल्मा लामाकै पहलमा गाउँपालिकाले टोलीलाई सम्मान गरेको हो ।