नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टनको मिक्स डबल्समा नेपालको पहिलो जित

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टनको मिक्स डबल्समा नेपालको पहिलो जित

काठमाडौं । नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टनमा नेपालका क्षितिज गौतम र सोभा गौचनको जोडीले जित दर्ता गरेको छ ।

दशरथ रंगशालाको कभर्डहलमा भएको मिक्स डबल्सको खेलमा नेपालले श्रीलंकालाई तीन सेटमा हराएको हो । खेलको पहिलो सेटमा नेपालले १८-२१ को जित दर्ता गरेको थियो। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको दोस्रो र तेस्रो सेटमा नेपालले जित दर्ता गर्यो ।

दोस्रो सेट नेपालले पुनरागमन गर्दै २४-२२ को जित दर्ता गरेको थियो। यस्तै, तेस्रो सेटमा नेपालले एक सेट पोइन्ट बचाएर २४-२२ कै जित दर्ता गर्यो । आजै भएका बाँकी खेलमा भने नेपाल पराजित भएको छ । आजको आफ्नो दोस्रो खेलमा नेपालका भोजबहादुर गुरुङ र अन्जन राईको जोडीले अमेरिकाका प्याट्रिक चि र नताली चीसँग हार ब्यहोरेको थियो। त्यसैगरी मिक्स डबल्सतर्फ नै नेपालका अमन महर्जन र निता लम्सालको जोडी पनि भारतीय खेलाडीसँग सहजै पराजित भयो ।

यी दुबै खेलमा नेपाल सोझो सेटमा नै पराजित भएको थियो । नेपालको सुनिल जोशी र एलिना सुनारको जोडी त लामो समय मैदानमा टिक्नै सकेन्। उनीहरु लाइल्यान्डका अपिचासित तिरावित र पान्नावी पिल्यिमसँग २१-८ र २१-को सेटमा पराजित भएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.