चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर

जुम्ला । चिसो अत्याधिक बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । चिसोले बिहान बेलुकी हातमुख धुनसमेत कठिन भएको छ । आज बिहानै देखि आकाशमा बादल लागेपछि चिसो बढेको हो । 

पानी भूइँमा खस्नेबित्तिकै जम्ने हुनाले थप कष्टकर बनेको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिक घरबाहिर निस्कन सकेका छैनन्। घरघरमा आगो बालेर बसेका छन् । सदरमुकाम खलंगाका हरेक दोकान तथा चोकअगाडि आगो तापेर दिन काटिएको छ भने चिसोले सदरमुकामको चहलपहल घटेको छ ।

चिसोले सवारीसाधन स्टार्ट नहुँदा आगोले तताउनुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन् । सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई कार्यालय बाहिरै आगोबालेर सेवा दिनुपरेको कर्मचारीले बताए । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार आज जुम्लाको तापक्रम माइनस ३ डिग्री सेल्सियससम्म झर्‍यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.