काठमाडौं । एसीसी अन्डर १९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।
मलेसियामा जारी प्रतियोगिता अन्तर्गत नेपाल र श्रीलंकाबीचको सुपर फोरको खेल वर्षाका कारण बिनाकुनै नतिजा समाप्त भएको हो । यससँगै दुबै टिमले १-१ अंक बाँडेका छन् ।
टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा राम्रो सुरुवात गरेको थियो । नेपालले पहिलो ओभरको समाप्तिमा १ रन खर्च गर्दा १ विकेट लिएको अवस्थामा भारी वर्षा भएपछि खेल पुन सुचारु हुन सकेन ।
सुपर-४ को अर्को खेलमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्दैछ । यसखेलमा नेपालले जित हात पारे फाइनलमा पुग्ने छ । नेपालले यस प्रतियोगितालाई अन्डर १९ महिला विश्वकपको तयारीका रुपमा लिएको छ । अन्डर १९ महिला विश्वकप आगामी जनवरीमा मलेसियामा नै आयोजना हुने छ ।