अन्डर नाइन्टिन एसिया कपमा नेपाल र श्रीलंका भिड्दै

पुस ४, २०८१ |खेल ब्युरो
अन्डर नाइन्टिन एसिया कपमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । एसीसी अन्डर नाइन्टिन महिला टी-ट्वेन्टी एसिया कपमा नेपालले आज श्रीलंकाको सामना गर्दै छ । मलेसियाको क्वालालम्पुरस्थिति बायुमास ओभलमा हुने यो खेल नेपाली समय अनुसार पौने १२ बजेबाट सुरू हुनेछ ।

समूह ‘ए’ को उपविजेता बनेर नेपाल एसिया कपको सुपर फोरमा पुगेको हो । त्यसैगरी श्रीलंका भने समूह ‘बी’को उपविजेता बनेर शीर्ष चारमा प्रवेश गरेको थियो । नेपालले सुपर फोरमा समूह बी बाट आएका श्रीलंका र बंगलादेशसँग खेल्नुपर्ने हुन्छ । समूह चरणको अन्तिम खेलमा भारतसँगको खेल नतिजाविहीन बनेपछि नेपालले श्रीलंका र बंगलादेशसँग खेल्न लागेको हो ।

पाकिस्तानलाई हराएको नेपालको लक्ष्य आज श्रीलंकालाई हराउने हुनेछ । उसका लिमान्सा थिलाकारथना, मनुदी नानायाक्कारा र सन्जना काविन्डी उत्कृष्ट फर्ममा रहेका खेलाडी हुन् । लामो इनिङ्स खेल्न सक्ने यी ब्याटरविरुद्ध नेपाली बलर कुसुम गोदार, कृष्मा गुरुङले जिम्मेवारीपूर्वक बलिङ गर्नुपर्ने हुन्छ ।

नेपालका सोनी पाख्रिन र पूजा महतोले इनिङ अघि बढाउन सके नेपालले जित दर्ता गर्न सक्नेछ ।



Enter Kantipur TV HD
Advertisement