कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा [ फोटो फिचर ]

पुस ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा [ फोटो फिचर ]

काठमाडौं । जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा पुगेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर फाइनल पुगेको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । 

टीयू क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार पारेको थियो ।

खराब ब्याटिङ गरेको कर्णालीका ओपनर जयकिशन कोल्सावाला १ रनमा आउट भए । अर्का ओपनर देव खनालले २४ रन जोडे । विलियम बोसिस्टोले १४ रन बनाए । जिशान मक्सुद १२ रनमा अउट भए । गुलशन झाले सर्वाधिक २५ रन युनिस विक्रमसिंह ठकुरी १२ रनमा आउट हुँदा कप्तान सोमपाल कामी ५ रनमा बाहिरिए ।

नन्दन यादव ४ रनमा नट आउट रहे । जनकपुरका लागि जिम्मी निसम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २-२ तथा हर्ष ठाकर र शेर मल्लले समान १-१ विकेट लिए ।

१ सय १९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जनकपुरले १९ ओभरमा मात्रै लक्ष्य पूरा गरेको हो । खराब सुरुवात गरेको जनकपुरका सुभम कंसाकार ३ र कप्तान आसिफ सेख ३ रनमा आउट भए । आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे । आकाश जिशान मक्शुदको बलमा आउट भए । हर्ष ठाकर १७ रन बनाउँदै आउट हुँदा जनकपुरले १२ ओभरमा ५ विकेट गुमाएर ५८ रन मात्र बनाएको थियो । तर त्यसपछि जेमी निशमले आक्रमक इनिङ्स खेल्दै जनकपुरको उद्दार गरे । उनले १७ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ४५ रन जोडे । मोहम्मद मोहसिन १ रनमा आउट भए । मयन यादवले ७ रन बनाउँदा शेर मल्ल १० बलमा १६ रनमा नट आउट रहे ।

कर्णालीका लागि युवा बलर विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले समान १ विकेट लिए ।

अब शनिबार जनकपुरले सुदूरपश्चिम रोयल्ससँग फाइनल खेल खेल्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement