काठमाडौं । एसीसी अन्डर नाइन्टिन महिला टी-ट्वेन्टी एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै छन् । मलेसियाको क्वालालम्पुरस्थिति बायुमास ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
समूह ‘ए’ को उपविजेता बनेर नेपाल एसिया कपको सुपर फोरमा पुगेको थियो । श्रीलंका भने समूह ‘बी’को उपविजेता बनेर शीर्ष चारमा प्रवेश गरेको थियो ।
पाकिस्तानलाई हराएको नेपालको लक्ष्य आज श्रीलंकालाई हराउने हुनेछ । उसका लिमान्सा थिलाकारथना, मनुदी नानायाक्कारा र सन्जना काविन्डी उत्कृष्ट फर्ममा रहेका खेलाडी हुन् । लामो इनिङ्स खेल्न सक्ने यी ब्याटरविरुद्ध नेपाली बलर कुसुम गोदार, कृष्मा गुरुङले जिम्मेवारीपूर्वक बलिङ गर्नुपर्ने हुन्छ ।
नेपालका सोनी पाख्रिन र पूजा महतोले इनिङ अघि बढाउन सके नेपालले जित दर्ता गर्न सक्नेछ ।