अन्डर नाइन्टिन एसिया कपमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

पुस २, २०८१ |खेल ब्युरो
अन्डर नाइन्टिन एसिया कपमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन महिला एसिया कपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र भारतको अन्डर नाइन्टिन महिला क्रिकेट टोलीबीचको खेल नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ ।

समूह चरणको आफ्नो पहिलो खेलमा हिजो पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान बनाएको छ । पाकिस्तानमाथि विजयी भएको भारत पनि अन्तिम चारमा प्रवेश गरिसेकको छ ।

पाकिस्तान विरुद्ध १०५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ जोडिकी थिइन् । पहिलो भेटमै पाकिस्तानलाई हराएको नेपाल सोही लयलाई कायमै राख्ने लक्ष्यमा हुनेछ ।

नेपालको युवा टोलीले पहिलो पटक भारतसँग खेल्न लागेको हो । नेपालले सुपर फोरमा समूह एको शीर्ष २ टोलीसँग खेल्नेछ । सुपर फोरको खेल बिहीबार र शुक्रबार हुनेछ । सुपर फोरको शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन् ।



Enter Kantipur TV HD
Advertisement