काठमाडौं । ‘अफ्रिकन फुटबलर अफ द इयर’को अवार्ड नाइजेरियाका एडेमोला लुकमनले जितेका छन् । माराकेसमा सम्पन्न कन्फेडेरेशन अफ अफ्रिकी फुटबलको अवार्ड समारोहमा एटलान्टाका फर्वाड लुकमनले आइभरी कोस्टका साइमन अडिङ्ग्रा, गिनीका सेरहाउ गुइरासी, मोरक्कोका अचराफ हाकिमी र दक्षिण अफ्रिकाका रोनवेन विलियम्सलाई पछि पारेका हुन् ।
२०२३ मा नाइजेरियाकै भिक्टर ओसिमहेनले यो अवार्ड जितेका थिए । २७ वर्षीय लुबमनले २०२३-२४ सिजनमा प्रभावशाली प्रदर्शन गरेका थिए । इटालियन क्लब एटलान्टालाई युरोपा लिग जिताउन उनको महत्त्वपूर्ण योगदान थियो । फाइनलमा बायर लेभरकुसेन विरुद्ध लुकमनले ह्याट्रिक गरेपछि उनको टोली ३–० को जित सहित च्यम्पियन बनेको थियो ।
अफ्रिका कप अफ नेशन्समा पनि प्रभावशाली प्रदर्शन गरेका उनले आफ्नो देशलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिएका थिए ।