प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशन- ‘सीमा क्षेत्रमा तस्करी भइरहेको छ भन्ने सुन्नु नपरोस्’

पुस २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशन- ‘सीमा क्षेत्रमा तस्करी भइरहेको छ भन्ने सुन्नु नपरोस्’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमानाकामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनु भएको छ । मंगलबार रूपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो ।

आफ्नो कार्यक्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजश्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण गर्न निर्देशन दिँदै उहाँले यसबाटै प्रहरी कर्मचारीको कार्य दक्षता मूल्यांकन हुने उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो, “सिमानामा हुने तस्करी तुरुन्त तपाईंहरूले नियन्त्रण गर्नु होला । मैले यो गोष्ठीपछि तपाईंहरू आफ्नो आफ्नो कार्यक्षेत्रमा गइसकेपछि सीमा क्षेत्रमा तस्करी भइराखेको छ, राजश्व चुहावट भइरहेको छ, उठ्नुपर्ने राजश्व उठिरहेको छैन भन्ने कुरा सुन्न नपरोस् । तपाईंहरुको मूल्यांकन त्यसकै आधारमा गरिनेछ, मैले यो स्पष्ट भनेको छु । राजश्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा, सीमानामा अपराधजन्य कामहरू हुने जुन कुराहरू छन्, यो परिणाममुखी ढंगले देखिनु पर्‍यो नियन्त्रणमा ।”

गृहमन्त्री लेखकले आफूहरू लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने अठोटका साथ अगाडि बढेको बताउनु भयो । नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संसदीय प्रणाली रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement