काठमाडौं । सिरी आको साविक विजेता इन्टर मिलानले लाजियो विरुद्ध ६–० को एकतर्फी जित हात पारेको छ । स्टुडियो ओलम्पिकमा घरेलु टोली लाजियो विरुद्ध फराकिलो जित हात पारेसँगै इन्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिरी आमा लाजियोले घरेलु मैदानमा बेहोरको यो हालसम्मकै फराकिलो हार हो ।
खेलको ४१औं मिनेटमा हाकान काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई सुरूआती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि इन्टरले फेडेरिको डिमार्कोको गोल मार्फत अग्रता दोब्बर बनायो । डिमार्कोले इभान प्रोभेडेलको क्रसबाट भली मार्फत गोल गरेका थिए ।
५१औं मिनेटमा सिमोन इन्जाघीले आफ्नो पूर्व क्लब विरुद्ध गोल गर्दै अग्रता फराकिलो गरे । त्यसको दुई मिनेटपछि डम्फ्रिजले चौथो हेडर मार्फत इन्टरका लागि चौथो गोल थपे ।
कार्लोस अगस्टोले ७७औं र मार्कस थुरामले ९०औं मिनेटमा थप गोल गरेपछि इन्टरले ६–० को विशाल जित हात पार्यो । इन्टरले जारी सिजन १६ लिग खेलमा ४७ गोल गरिसकेको छ ।
इन्टर १५ खेलबाट ३४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । शीर्ष स्थानको एटलान्टाभन्दा एक खेल कम खेलेको इन्टर ३ अंकले पछि छ । लाजियो १६ खेलबाट ३१ अंक सहित पाँचौं स्थानमा छ ।