विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने

मंसिर २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा एनपीएलका लागि नेपाल आउने

काठमाडौं । विश्व क्रिकेटका महान ब्याटर ब्रायन लारा नेपाल आउने भएका छन् ।

नेपाल प्रिमियर लिग एनपीएल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सामाजिक संञ्जाल मार्फत वेस्ट इन्डिजका लिभिङ लेजेन्ड लारा नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

लारा एनपीएलकै दौरान नेपाल आउने बतायए पनि उनी आउने मिति भने खुलाइएको छैन । एनपीएलको ३२ मध्ये मंगलबारसम्म १७ खेल सकिएको छ ।

ट्रिनिडाड एन्ड टोबागोका माहन क्रिकेटर लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.