एनपीएलमा सट्टेवाज गराएको आरोपमा चार जना भारतीय नागरिक पक्राउ

मंसिर १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएलमा सट्टेवाज गराएको आरोपमा चार जना भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रिमियम लिग एनपीएलमा अवैधरुपमा सट्टेवाज गराएको आरोपमा प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको एनपीएलमा सट्टेवाजी खेलाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । स्पोर्टस बाजी, प्रो लगायतका अनलाईन एपमार्फत् पैसाको कारोबार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सीआईबीले भारत कोलकाताका सुमन धोष, उत्तर प्रदेशका अमित यादव, बिहारका सुमन कुमार र ब्रजेशलाई क्रिकेट मैदान क्षेत्रबाटै पक्राउ गरेको हो । उनीहरुले कति रकमको सट्टेवाज गराएका थिए भन्ने अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका चारै जनालाई अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सीआईबीले जनाएको छ । एनपीएलमा ठूलो रकमको सट्टेवाजी भइरहेको सूचनापछि प्रहरीले विषेश निगरानी गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement