एस्टन भिल्ला विरुद्ध चेल्सीको सहज जित

मंसिर १७, २०८१ |खेल ब्युरो
एस्टन भिल्ला विरुद्ध चेल्सीको सहज जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा चेल्सीले एस्टन भिल्ला विरुद्ध सहज जित हात पारेको छ । स्ट्यामफोर्ड ब्रिजमा चेल्सीले ३-० को जित हात पारेको हो ।

यस जितले चेल्सीलाई प्रिमियर लिगको तेस्रो स्थानमा पुर्‍याउँदा चिन्ताजनक प्रदर्शन गरिरहेको भिल्ला लगातार आठ खेलसम्म जितविहीन बन्यो । खेलको सातौं मिनेटमा निकोलस ज्याक्सनले चेल्सीका लागि पहिलो गोल गरे । जाडोन फिलोजेनले आफ्नो बक्सको छेउमा गल्ती गरेपछि प्राप्त अवसरमा ज्याक्सनले गोल गरेका हुन् ।

३६औं मिनेटमा इन्जो फर्नान्डेजले दोस्रो गोल गरे । कोल पाल्मरको पासमा अर्जेन्टिनाका मिडफिल्डर फर्नान्डेजको उत्कृष्ट टचले जाली चुम्यो । पहिलो हाफमा २-० को अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्‍यो । ८३औं मिनेटमा पाल्मरले बक्सको छेउबाट लेफ्ट फूटले कर्लिङ फिनिस गरे ।

ज्याक्सन जस्तै इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी पाल्मरले यस सिजन चेल्सीका लागि आठ गोल गरिसकेका छन् । जितसँगै १३ खेलमा सात जित सहित २५ अंक जोडेको चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लगातार आठौं खेलमा जितविहीन एस्टनले १३ खेलमा १९ अंक जोडेको छ । ऊ तालिकाको १२औं स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement