काठमाडौं । ‘बक्सिङ डे’ अन्तर्गत आज तीन वटा टेस्ट म्याच खेलिँदै छन् । अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा जारी भारत विरुद्धको खेलमा घरेलु टोली अस्ट्रेलियाले टस जितेर ब्याटिङ गरिरहेको छ । ब्याटिङमा अस्ट्रेलियाले राम्रो सुरूआत गरेको छ ।
आजै अर्को बक्सिङ डे टेस्टमा सुपर स्पोर्ट पार्कमा दक्षिण अफ्रिकाले पाकिस्तानको सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट सुरू हुनेछ । यस खेलका लागि पाकिस्तानले आफ्नो टोली घोषणा गरिसकेको छ । मोहम्मद अब्बास २०२१ पछि पहिलो पटक मैदानमा फर्किदै छन् भने पूर्व कप्तान बाबर आजमलाई टिममा सामेल गरिएको छ ।
दक्षिण अफ्रिका हाल टेस्ट च्यम्यिनसिपको शीर्ष स्थानमा छ । तीन खेलको यो शृङ्खला जिते ऊ फाइनलमा स्थान बनाउने छ । हाल दक्षिण अफ्रिका सहित भारत र अस्ट्रेलियाबीच फाइनल पुग्न प्रतिस्पर्धा चलिरहेको छ ।
आजै दिउँसो पौन २ बजे हुने अर्को बक्सिङ डे टेस्टमा जिम्बावे र अफगानिस्तान प्रतिस्पर्धा गर्दै छन् ।