नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन : मेन्स सिङ्गलको उपाधि भारतका लुवाङलाई

पुस ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन : मेन्स सिङ्गलको उपाधि भारतका लुवाङलाई

काठमाडौं । नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन २०२४ अन्तर्गत मेन्स सिङ्गलको उपाधि भारतका लुवाङ मैस्नामले जितेका छन् ।

काठमाडौंको त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कवर्डहलमा भारतकै राहुल भारद्वाजलाई सोझो सेटमा पराजित गर्दै मैस्नाम च्याम्पियन बनेका हुन् । राहुलले बलियो प्रदर्शन गरे पनि लुवाङको जजमेन्ट र डिफेन्सलाई रोक्न सकेनन् ।

खेलमा राहुलले पहिलो सेटको सुरुवातमा अग्रता बनाए पनि त्यसलाई कायम गर्न सकेनन् । राहुललाई पराजित गर्न केवल २५ मिनेट समय खर्च गरेका लुवाङले पहिलो सेट २१-१७ र दोस्रो सेट २१-१६ ले आफ्नो पक्षमा पारे । 

लुवाङले श्रीलंकाका वीरेन नेतासिंघेलाई ३ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए भने राहुलले मलेसियाका किङ्ग किएन ह्वालाई ३ सेटमै पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।

आजै भएको महिला सिंगलतर्फको उपाधि थाइल्यान्डकी लालिनराट चाइवानले हात पारिन् । उनले भारतकी इरा सर्मालाई २२-२० र २१-१६ ले पराजित गरिन् । सबै विधाका विजेताले १५ हजार अमेरिकी डलरको पुरस्कार पाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement