एनपीएल : जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्दै

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल : जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्दै
एनपीएल अन्तर्गत जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच भइरहेको खेल । तस्वीर : प्रदीपराज वन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा अहिले जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्दै छन् । टस जितेर जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गरेको छ ।

योसँगै विराटनगरका खेलाडी ब्याटिङका लागि मैदानमा उत्रेका छन् ।

जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरूसँगै स्पिनर ललित राजवंशी, रूपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् ।

जनकपुरको टोलीमा न्युजिल्यान्डका जिमी नीशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलंकाका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इंग्ल्यान्डका अलराउन्डर बेन माइक छन् ।

विराटनगर किंग्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन् । विराटनगरका कप्तान लामिछाने सहित लोकेश बम, प्रतीश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जीतेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभास भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कट्ल्यान्डसका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement