चोटको चिन्ता नलिइ प्रतिस्पर्धामा उत्रिन काठमाण्डु गुर्खाजका खेलाडीलाई महतोको आग्रह

मंसिर १४, २०८१ |खेल ब्युरो
चोटको चिन्ता नलिइ प्रतिस्पर्धामा उत्रिन काठमाण्डु गुर्खाजका खेलाडीलाई महतोको आग्रह

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका प्रमुख उपेन्द्र महतोले काठमाण्डु गुर्खाजका खेलाडीलाई चोटको चिन्ता नलिएर प्रतिस्पर्धामा उत्रिन आग्रह गर्नुभएको छ ।

नेपाल प्रिमियर लिगको पूर्वसन्ध्यामा आज गुर्खाजका खेलाडीलाई बोलाएर अस्पतालले खेलाडीको प्रदर्शनमा समर्थन गर्दै ढुक्क भएर प्रतियोगिता खेल्न अग्रह गरेको छ । मेडिसिटी गुर्खाजको मेडिकल पार्टरसमेत हो। चोट लागिहाले मेडिसिटीले सुविधायुक्त ढंगले उपचार गर्ने भन्दै अस्पताल प्रमुख उपेन्द्र महतोले राम्रो प्रदर्शन गर्न शुभकामना दिनुभएको छ।

मेडिसिटीका प्रमुख महतोले काठमाडौंका खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुर्खाजको खेलमा समर्थकलाई मैदानमा आएर वा घरमै बसेर खेल हेर्न आग्रह समेत गर्नुभएको ।