युरोपा लिगमा आज म्यानचेस्टर युनाइटेड र नर्वेजियन क्लब बोडो ग्लिम्ट भिड्दै

खराब लयमा रहेको युनाइटेडले प्रशिक्षक रुबेन नेतृत्वको पहिलो खेलमा सुधार गर्ने अपेक्षा
मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपा लिगमा आज म्यानचेस्टर युनाइटेड र नर्वेजियन क्लब बोडो ग्लिम्ट भिड्दै

काठमाडौं । युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले आज नर्वेजियन क्लब बोडो ग्लिम्टसँग प्रतिस्पर्धा गर्दैछ । वर्ल्ड ट्राफोर्डमा खेल नेपाली समय अनुसार राति सवा २ बजे सुरु हुने छ ।

प्रशिक्षकको रुपमा रुबेन एमोरिमले वर्ल्ड ट्राफोर्डमा पहिलो पटक जिम्मेवारी सम्हाल्दा खराब लयमा रहेको म्यानचेस्टर युनाइटेडको समर्थकले टिमबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका छन् ।

पोर्चुगिज प्रशिक्षकले प्रिमियर लिगमा इप्सविचविरुद्ध १-१ को बराबरी भएको खेलबाट जिम्मेवारी सम्हालेका थिए ।

प्रिमियर लिगमा पनि अपेक्षित प्रदर्शन गर्न नसकेको युनाइटेड पछिल्लो सयम निकै दबाबमा छ । ल्युक शा चोट मुक्त हुँदै सिजनको आफ्नो पहिलो खेलका लागि तयार हुँदा युनाइटेटलाई केही राहत हुन सक्छ । कोबी माइनू र म्यानुअल उगार्टे पनि सेन्ट्रल मिडफिल्डमा आफ्नो प्रदर्शन देखाउन तयार छन् । एमोरिमले बुधबारको प्रि-म्याच प्रेस सम्मेलनमा टिमले घरेलु मैदानमा सकारात्मक नतिजा जात पार्ने विश्वास व्यक्त गरेका थिए ।

नर्वेजियन टोली बोडा युरोपा लिग तालिकामा युनाइटेडभन्दा माथि छ । घरेलु लिगमा समेत शीर्ष स्थानमा रहेको बोडालाई इङ्लिस टोलीले कुनै पनि हालतमा कमजोर आँकलन गर्ने छैन । कुनै पनि प्रतियोगितामा दुवै टोली पहिलो पटक एक अर्काविरुद्ध मैदान उत्रिँदा खेल रोमाञ्चक हुने विश्वास गरिएको छ ।

बोडो ४ खेलमा २ जितसहित ६ अंक जोडेर युरोपा लिगको १२ औं स्थानमा छ । समान खेलमा १ जितसहित ६ अंक जोडेको युनाइटेड १५ औं स्थानमा छ । यसबाहेक युरोपा लिगमा आज अन्य १७ खेल हुँदै छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.