राखेपले महेन्द्र रंगशालामा फुटबल खेल्न र प्रशिक्षण गर्न दिने

मंसिर १३, २०८१ |खेल ब्युरो
राखेपले महेन्द्र रंगशालामा फुटबल खेल्न र प्रशिक्षण गर्न दिने

बाँके । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगन्जको महेन्द्र रंगशालमा फुटबल खेलाडीलाई खेल्न र प्रशिक्षण लिन दिने भएको छ । महेन्द्र रंगशालामा सात वर्ष यता खेल्न रोक लगाइएको थियो ।

राखेपले सचिवस्तरीय निर्णय गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको हो । राखेपले महेन्द्र रंगशालमा खेल्न र प्रशिक्षण कार्यक्रम सञ्चालनमा रोक लगाएपछि खेलाडीहरूले विरोध गर्दै आएका थिए । यसैक्रममा गत कत्तिक २६ गते सचिवस्तरीय निर्णय गरी अहिलेसम्म लगाउँदै आएको प्रतिबन्ध हटाइएको हो । तर यसको जानकारी मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिलाई ढिलो गरी मंसिर ११ गते मात्र प्राप्त भएको छ ।

खेलकुद परिषद्ले रंगशालामा सेन्थेटिक ट्र्याक निर्माणमा देखिएका त्रुटिहरू समेत यथासक्य चाँडो सच्याउन भनेको छ । उत्तरतर्फको डी एरियामा पानी जम्ने र लेभल समेत नमिलेको भन्दै पञ्चकन्या/ साइनोकोट्स जेभी ललितपुरलाई लिखित रूपमै पत्राचार गरेको छ ।