अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद सजाय

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
अन्तःशुल्क स्टिकर छपाइको भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद सजाय

काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका विकल पौडेल र सफल श्रेष्ठलाई विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतले पौडेल र श्रेष्ठलाई ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ बिगो र सोही बराबर जरिवाना समेत निर्धारण गरेको छ ।  

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्धय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले ८ वर्ष कैद सजाय सुनाएको हो ।

विशेषले २०८१ कात्तिक १४ गते फैसला सुनाउँदै तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहितलाई सफाइ दिने निर्णय गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले गत असार ९ गते उनीसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० बिगो असुल गर्न माग दाबी गरेको थियो। तर विशेषले फैसला सुनाउँदै अर्यालको हकमा इजलासले अनुमान, शंका र मनोगत आधारमा कसुर ठहर गर्न नमिल्ने भन्दै सफाइ दिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.