काठमाडौं । ताजकिस्तानमा जारी थ्री नेसन्स कपमा नेपालले अफगानिस्तानलाई २-० गोलले पराजित गरेको छ ।
नेपालको जितका लागि जिलेस्पीजंग कार्की र रोहित चन्दले एक-एक गोल गरे । कार्कीले खेलको ४६ औं मिनेटमा पहिलो गोल गरे भने चन्दले ७८ मिनेटमा नेपालका लागि दोस्रो गोल गरेका थिए ।
यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४-० ले पराजित भएको थियो ।