काठमाडौं । एनपीएल फ्रेन्चाइज काठमाडौं गुर्खाजले 'ट्यालेन्ट हन्ट' सम्पन्न गरेको छ। काठमाडौं गुर्खाजले उपत्यकाका विभिन्न ठाउँमा प्रतियोगिता आयोजना गरेको थियो ।
'ट्यालेन्ट हन्ट'बाट आइकोनिक खेलाडीका साथै थप केही खेलाडीले टिममा रहेर प्रशिक्षणमा सहभागी हुने मौका पाउनेछन् ।
काठमाडौंको 'ट्यालेन्ट हन्ट'मा ४ सय जनाले इच्छा देखाए पनि २ सय ५० खेलाडी सहभागी बनेका थिए। अन्तिम छनोटमा काठमाडौंका ९, भक्तपुरका ४ र ललितपुरका १९ खेलाडी छानिएका थिए ।
गुर्खाजका प्रशिक्षक वसन्त शाहीले एनपीएल क्लबका मार्फत धेरै खेलाडीले टिममा सहभागी हुने निकै राम्रो अवसर पाएको बताउनु भयो ।
अहिले एनपीएलका सबै टिमले ट्यालेन्ट हन्ट गरेर खेलाडी छनोट गरिरहेका छन् । हिजोबाट कर्णाली याक्सले सुर्खेतमा खेलाडी छनोट सुरु गरेको छ भने पोखराले खेलाडी छनोट गरिसकेको छ ।
गण्डकीका लागि भएको 'ट्यालेन्ट हन्ट'मा पोखरा क्लबमा नवलपुरका सुदीप अर्याल आइकनिक खेलाडी छनोट भएका छन् । अलराउन्डर रहेका अर्याल 'ट्यालेन्ट हन्ट'बाट छनौट भएर एनपीएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका हुन् । सुदूरपश्चिमले मंसिर २ गते धनगढीमा 'ट्यालेन्ट हन्ट' गर्नेछ ।