यूएफा महिला च्याम्पियन्स लिग : गएराति भएको खेलमा क-कसको जित ?

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा महिला च्याम्पियन्स लिग : गएराति भएको खेलमा क-कसको जित ?

काठमाडौं । यूएफा महिला च्याम्पियन्स लिगमा आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र बार्सीलोनाले आ-आफ्नो खेलमा जित हात पारेका छन् । 

गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनलले, इटालियन साइड युभेन्टसलाई ४-० गोलले पराजित गरेको हो । आर्सनलले घरेलु टोलीविरुद्ध ३८ औं मिनेटमा फ्रिडा मानमको गोल मार्फत अग्रता लिएको थियो । ७८ औं मिनेटमा स्टिना ब्ल्याक स्टेनियसले टिमका लागि दोस्रो गोल थपिन् । ८०औं मिनेटमा मारियोना र ८७ औं मिनेटमा केइट्लिन फोर्डले गोल गरेपछि आर्सनलले सहज जित हात पारेको हो । 

समुह सी को दोस्रो स्थानमा रहेको आर्सनलको तीन खेलबाट ६ अंक छ । शीर्ष स्थानको बायर्न म्युनिखको नौ अंक छ । जर्मन क्लब बायर्नले गएराति भएको खेलमा नर्वेजियन भालेरिंगालाई ३-० गोलले हरायो । उसका लागि दशौं मिनेटमा प्रनिल हार्डर र १७ औं मिनेटमा गिवेलाले पेनाल्टीमा गोल गरिन् । दोस्रो हाफको इन्जुरी समयमा साराहले तेस्रो गोल थपेकी थिइन् । यस्तै म्यानचेस्टर सिटीले स्विडेनको हामरबि क्लबलाई २-० गोलले पराजित गरेको हो । 

सिटीको जितमा ४७ औं मिनेटमा लौरा र ८० औं मिनेटमा फुजिनोलो गोल गरेका हुन् । समुह डी मा रहेको सिटीको तीन खेलमा यो तीन जित हो । बार्सीलोनाले सेन्ट पोल्टेनलाई ७-० ले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.