थ्री नेशन्स कपको पहिलो खेलमा नेपालले आज घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
थ्री नेशन्स कपको पहिलो खेलमा नेपालले आज घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटवल टोलीले थ्री नेशन्स कपको पहिलो खेलमा आज घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । डुसान्बे स्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपालको समय अनुसार साँझ पौने सात बजे हुनेछ । 

नविन न्यौपानेको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा यो पहिलो खेल हो । प्रि म्याच प्रेस कन्फरेन्समा बोल्दै न्यौपानेले आक्रमक फुटवल खेल्ने बताएका छन् । करिब दुई साताको तयारी गरेर नेपाल ताजकिस्तान पुगेको हो । 

बलियो टोलीविरुद्ध पाएका अवसरलाई सदुपयोग गर्दै सकारात्मक नतिजा निकाल्ने न्यौपानेको योजना छ । उनले काउन्टर अट्याक्टमा खेल्ने बताए । ।

कप्तान किरण चेम्जोङले , शारिरीक र प्राविधिक रुपमा अब्बल ताजकिस्तानविरुद्ध आफुहरु मानसिक रुपमा खेल्न तयार रहेको प्रतिकृया दिए । नेपालले ताजकिस्तानसँग यसअघि खेलेका तीनै खेलमा हार बेहोरेको थियो । नेपाल पाँच महिनापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्दैछ । 

गत जेठमा भएको फिफा विश्वकप छनौट अन्तर्गत यमनसँग नेपालले २-२ गोलको बराबरी खेलेको थियो । ताजकिस्तान भने एसीयन कप २०२३ को क्वाटरफाइनलसम्म पुगेको थियो । फिफा वरियतामा नेपाल १ सय ७६ र ताजकिस्तान एक सय पाँचौ स्थानमा छ । थ्री नेशन्स कपमा नेपाल ताजकिस्तानसहित अफगानिस्तान सहभागी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.