दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भरतको सहज जित

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भरतको सहज जित

काठमाडौं । ओपनर सञ्जु स्यामसनको आक्रमक शतकको मद्दतमा भारतले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सहज जित हात पारेको छ ।

गएराति सम्पन्न खेलमा भारतले दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गरेको हो । जितसँगै भारतले ४ खेलको टि ट्वेन्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । भारतको जितमा सञ्जुको शतक सँगै स्पिनरहरुले पनि उत्कृष्ट बलिङ प्रदर्शन गरे ।

डर्बनमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनको योगफल तयार पारेको थियो । भारतका लागि ओपनर सञ्जुले ५० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय ७ रन बनाए । यो उनको दोस्रो टी-२० आई शतक थियो । कप्तान सूर्यकुमार यादवले २१ रन जोड्दा तिलक बर्माले ३३ रन बनाए । रिंकु सिह ११ रनमा बाहिरिए । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जेले ३ विकेट लिए ।

भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभर ५ ५ बलमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि हेनरिक काल्सेनले सर्वाधिक २५ रन जोडे । जेरार्ड कोट्जेले २३, रायन रिकल्टनले २१ र डेविड मिलरले १८ रन बनाए । भारतका लागि वरुण चक्रवर्ती र रवि बिश्नोईले समान ३ तथा आभेस खानले २ र अर्शदीप सिंहले १ विकेट लिए ।

दुई देशबीचको दोस्रो खेल भोलि खेलिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement