पुरुष यू-१९ एसिया कपको तालिका सार्वजनिक

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पुरुष यू-१९ एसिया कपको तालिका सार्वजनिक

काठमाडौं । पुरुष यू-१९ एसिया कपको तालिका सार्वजनिक भएको छ । आज एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको हो ।

नेपाल समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग रहेको छ । नेपालले समूहको आफ्नो पहिलो खेलमा आउँदो मंसिर १४ गते श्रीलंकासँग खेल्नेछ । त्यसैगरी नेपालको दोस्रो खेल मंसिर १६ गते बंगलादेशसँग छ भने अफगानिस्तानसँगको खेल मंसिर १८ गते हुनेछ ।

प्रतियोगिता मंसिरको १४ गतेबाट २२ गतेसम्म दुबईमा सञ्चालन हुनेछ । दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । नेपाल मलेसियामा आयोजना भएको एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको विजेता बनेर एसिया कपमा पुगेको हो।

जापान र यूएई पनि प्रिमियर कपबाटै एसिया कपमा छनोट भएका हुन् । एसिया कपमा ८ टोली सहभागी बन्नेछन् । एसिया कपका लागि अहिलेसम्म अफगानिस्तानले मात्रै आफ्नो टोली घोषणा गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement