यू-१९ महिला विश्वकप एसिया छनोट आजदेखि सुरु, नेपालले पहिलो खेलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ महिला विश्वकप एसिया छनोट आजदेखि सुरु, नेपालले पहिलो खेलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । अन्डर नाइन्टिन विश्वकपको एसिया छनोट आज यूएईमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपाली अन्डर नाइन्टिन टिमले थाइल्यान्डको सामना गर्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा भने दिउँसो आयोजक यूएईले कुवेतसँग खेल्ने तालिका छ । नेपाल र थाइल्यान्डबीचको खेल भने सवा ३ बजे मात्र सुरु हुनेछ । नेपाली टोली घरेलु मैदानमा दुई हप्ताको अभ्यासपछि एसियाली छनोट खेल्न यूएई गएको हो ।

छनोटमा नेपालले भोलि कुवेतसँग खेल्ने तालिका छ भने शबिार नेपाल र यूएईबीचको खेल हुनेछ। चार टोली सहभागी बनेको छनोट दोहोरो राउन्ड रोविन लिग शैलीमा हुनेछ ।

विजेता एक टोलीले अर्को वर्ष मलेसियामा हुने अन्डर नाइन्टिन विश्वकपमा स्थान बनाउनेछ । नेपाली टिम पूजा महतोको कप्तानीमा रहेको छ । नेपाली टोलीको लक्ष्य छनोटको विजेता बनेर विश्वकपमा पुग्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement