युरोपेली च्यापिम्यन्स लिगमा आज राति ९ खेल हुँदै

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपेली च्यापिम्यन्स लिगमा आज राति ९ खेल हुँदै

काठमाडौं । युरोपेली च्यापिम्यन्स लिगमा आज राति नौ खेल हुँदैछन् । युरोपकै सबैभन्दा ठूलो क्लब स्तरको प्रतियोगिताअन्तर्गत चौथों चरणमा रियल मड्रिडले इटालिन क्लब एसी मिलानलाई आतिथ्यता प्रदान गर्नेछ ।

कार्लो एन्सोलोटीको टोली उत्कृष्ट लयका साथ सान्टियागो बर्नाबेउ रंगशालामा खेलको तयारीमा छ। अल्भेरो मोराटा, युसुफ फोफाना, इमरसन, समुएल उत्कृष्ट तयारीपछि स्पेनको राजधानी आइपुगेका छन् ।

यो खेल राति पौने २ बजे सुरु हुनेछ । घरेलु मैदानमा भएका सात खेलमा रियलले पाँच खेल जितेको छ । यता च्याम्पियन्स लिगका पछिल्ला तीन खेलमा मिलानले जित निकाल्न सकेको छैन । सन् २००९ मा अन्द्रे पिर्लो र अलेक्जेन्डर पाटोले गोल गरेर जित दिलाएपछि मिलान पराजयको शृंखलाबाट गुज्रिरहेको छ ।

इटालियन क्लबसँगका पछिल्ला १८ खेलमा भने रियल १७ पटक विजयी भएको छ । त्यसैले आजको खेल निकै रोमाञ्चक हुने विश्वास लिइएको छ । पाउलो फोन्सियाको टोली आज च्याम्पियन्स लिगको १५ खेलको पराजित टोली रियाललाई हराउने योजनामा हुनेछ ।

भर्खरै मात्र स्पेनमा बाढी आएको कारण यस्तो समयमा खेल नगराउन रियल मड्रिडका प्रशिक्षक एन्सोलोटीले माग गरेका थिए । च्याम्पियन्स लिगमा आज राति प्रिमियर लिग क्लब लिरभपुलले लिभरकुसनको सामना गर्नेछ । 

म्यानचेस्टर सिटीले स्पोटिर्ङसँग खेल्ने तालिका छ । युभेन्टस फ्रन्च क्लब लिल्लको भ्रमणमा रहेको छ भने बोरुसिया डर्टमन्डले घरेलु मैदानमा स्टुर्म ग्राजलाई स्वागत गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement