पाकिस्तानमाथि अस्ट्रेलियाको २ विकेटको जित

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमाथि अस्ट्रेलियाको २ विकेटको जित

काठमाडौं । अस्ट्रेलिया र पाकिस्तानबीचको एक दिवसीय सिरिजको पहिलो खेलमा पाकिस्तान २ विकेटले पराजित भएको छ । मेलबर्नमा टस जितेर अस्ट्रेलियाले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले ४६ ओभर चार बलमा सबै विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । अस्ट्रेलियाले जवाफमा ३३ ओभर तीन बलमा ओभरमा ८ विकेट गुमाएर दुई सय चार रनको लक्ष्य पूरा गर्यो ।

खराब ओपनिङ गरेको पाकिस्तानका सैम अयुव एक रनमा आउट भए । अब्दुल्लाह शफिक आउट हुँदा पाकिस्तानको हातमा मात्र २४ रन थियो । मिचेल स्टार्कले दुवै ओपनरलाई पवेलियन पठाए । पूर्वकप्तान बाबर अजाम र मोहम्मद रिजवनले ३९ रनको पारी खेलेर टिम सम्हालेका थिए ।

१८ औं ओभरमा बाबर व्यक्तिगत ३७ रनमा आउट भए । यसैगरी, मोहम्मदले ७१ बलमा ४४ रनको योगदान गरे । कामरन घुलामलाई प्याट कमिन्सले पाँच रनमै आउट गराए । १२ रन बनाएर सलमान आघा क्याचआउट भए । इरफान खान २२, सहिन शाह अफ्रिदी २४ र नशिम शाहले ४० रन बनाएपछि पाकिस्तान प्रतिस्प्र्धात्मक लक्ष्य दिने अवस्थामा पुगेको हो । बलिङमा स्टार्कले तीन विकेट आफ्नो नाममा गर्दा कमिन्स र जाम्पाले समान दुईदुई विकेट लिए ।

जवाफमा अस्ट्रेलियाको सुरुआत पनि सानदार रहेन । ओपनर माथ्थिउ सर्ट एक रनमा आउट भए । ज्याक फ्रेजरले पनि १६ रनको मात्र योगदान गरे । तेस्रो नम्बरका स्टिभिन स्मिथ ४४ रन बनाएको अवस्थामा हरिष रौफको शिकार बने । जोश इंग्लिस अर्धशतक बनाउनबाट एक रनले मात्रै चुके । त्यतिबेला उनलाई सहिनले क्याचआट गराए । तीन विकेट क्षतिमै एक सय ३९ रन बनाएको अवस्थामा पाकिस्तानले लगातार तीन विकेट लिादा अस्ट्रेलिया दबाबमा आएको थियो ।

खेलमा मार्नुस लाबुसिनलाई १६ र ग्लेन म्याक्सवेललाई शून्य रनमा हरिषले आउट गराए । पाकिस्तानको कसिलो बलिङका बाबजुद प्याट कमिन्सले ३२ र सिन अबोटले १३ रन बनाउँदै खेल अस्ट्रेलियाको पक्षमा पुर्‍याएका हुन् । पाकिस्तानका हरिषले तीन, शाहिनले दुई विकेट लिएका थिए । 

यो जितसँगै घरेलु टोलीले सिरिजमा एक शून्यको अग्रता बनाएको छ । यी दुई सिटमबीचको दोस्रो एक दिवसीय शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । आउँदो बिहीबारबाट टी-२० सिरिज सुरु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement