काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रुबेन अमोरिमलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
क्लबले एरिक टेन हागको स्थानमा पोर्चुगिज प्रशिक्षक रुबेनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । क्लब र रुबेनबीच थप एक वर्षको सम्झौता विस्तार गर्ने विकल्पसहित २०२७ सम्मका लागि सम्झौता भएको हो ।
अन्तरिम प्रशिक्षक रुड भान निस्टेल रोयले ३९ वर्षीय रुबेन टिममा सामल नहुँदासम्म जिम्मेवारी सम्हाल्ने छन् । एरिक टेन हागको प्रशिक्षणमा युनाइटेडले पछिल्लो समय निरन्तर खराब प्रदर्शन गरेपछि क्लबले नयाँ विकल्प खोजेको हो ।