२०२४ को गोल्डेन फुट अवार्ड अर्जेन्टिनाका स्ट्राइकर मार्टिनेजलाई

कार्तिक १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
२०२४ को गोल्डेन फुट अवार्ड अर्जेन्टिनाका स्ट्राइकर मार्टिनेजलाई

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले पुरुषतर्फको गोल्डेन फुट २०२४ जितेका छन् ।

यस्तै जापानकी कप्तान साकी कुमागाईले महिलातर्फको गोल्डेन फुट जितिन् । इन्टर मिलानका कप्तान मार्टिनेज सम्मान समारोहमा भौतिक रुपमा उपस्थित हुन नसके पनि उनले भिडियो लिङ्कमार्फत् अवार्ड स्वीकार गरेका थिए ।

रोमाकी डिफेन्डर कुमागाईले मोनाकोमा आयोजित समारोहबीच सम्मान ग्रहण गरेकी हुन् । गोल्डेन फुट कुनै पनि खेलाडीले करियरमा एक पटक मात्र जित्न सक्छन् ।

फुटबल खेलमा उत्कृष्ट उपलब्धि हासिल गर्ने २८ वर्ष वा सोभन्दा माथि उमेर भएका खेलाडीलाई वार्षिक रूपमा यो अवार्ड प्रदान गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.