साफ महिला च्याम्पियनसिप फाइनल : यस्तो छ बंगलादेशसँग खेल्ने नेपाली टिम

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप फाइनल : यस्तो छ बंगलादेशसँग खेल्ने नेपाली टिम

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच केही बेरमा दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुँदैछ । अहिले साढे ६ बजे दशरथ रंगशालामा बंगलादेशसँग खेल्ने नेपालको प्लेइङ इलेभेन टिममा एक जना खेलाडी परिवर्तन भएको छ ।

सेमिफाइनलमा भारतसँगको खेलमा दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिएकी फरवार्ड रेखा पौडेलको स्थानमा टिममा सरु लिम्बुले खेल्ने भएकी छिन् । यस्तो छ नेपाली महिला टिमको प्लेइङ-११ :  

एन्जिला तुम्बापो सुब्बा (कप्तान), पूजा राना, विमला विक, अमृता जैशी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिती राई, सविता राना मगर, अमिषा कार्की ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.