साफ महिला च्याम्पियनसिप : फाइनल खेलअघि यस्तो देखियो रंगशालामा दर्शकको उत्साह

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप : फाइनल खेलअघि यस्तो देखियो रंगशालामा दर्शकको उत्साह

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल सुरु हुन लागेको छ । उपाधिका लागि आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । खेल अहिले ६: ३० बजे मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

खेल हेर्नका लागि दिउँसैबाट रंगशालमा दर्शकको भिड बढेको छ । रंगशालाको क्षमताभन्दा बढी दर्शक उपस्थित भएपछि धेरैले टिकट पनि पाएनन् । फाइनलका लागि रंगशालको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । 

काठमाडौं महानगरपालिकाले दशरथ रंगशालामा फुटबल हेर्न टिकट नपाउने समर्थकका लागि काठमाडौंका ३ ठाउँमा प्रत्यक्ष फुटबल हेर्ने व्यवस्था मिलाएको छ ।

महानगरले टुँडिखेल, सानो गौचरण र चाबहिलको फुटबल मैदानमा एलईडीको व्यवस्थासहित ठूलो स्क्रिनमा नेपाल र बंगलादेश बीचको फाइनल खेल देखाउने जनाएको छ । खेलको प्रत्यक्ष प्रसारण भने कान्तिपुर म्याक्समा हेर्न सकिनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.