नेपाल र बंगलादेशबीच बुधबार हुने खेलको टिकट बेच्न बन्द

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र बंगलादेशबीच बुधबार हुने खेलको टिकट बेच्न बन्द

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हुने नेपाल र बंगलादेशबीचको खेलका लागि टिकट बिक्री स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सूचना जारी नभएसम्मका लागि उक्त खेलको टिकट बिक्री स्थगित गरिएको जानकारी दिएको हो ।

हिजो नेपाल र भारतबीचको सेमीफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले सत्य बुझ्ने काम भइरहेको बताएको छ । रंगशालाको दर्शक क्षमता १५ हजार छ । तर सेमिफाइनलमा १८ हजार टिकट बिक्री भएको पाइएको छ । 

जारी साफको टिकट बिक्री अधिकार ८० लाखमा माउन्ट एभरेस्ट स्पोटर्स एन्ड इभेन्टस प्रालिले प्राप्त गरेको छ । एन्फाले माउन्ट एभरेस्टलाई हालकै अवस्थामा कुनै पनि माध्यमबाट अर्को सूचना जारी नभएसम्म टिकट नबेच्न निर्देशन दिएको छ । 

दर्शकलाई पनि अहिले टिकट नकिन्न एन्फाले आग्रह गरेको छ । सूचनालाई अटेर गरी टिकट बेचिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं माउन्ट एभरेस्ट हुने पनि एन्फाको विज्ञप्तिमा उल्लेख छ । 

नक आउट चरणबाट एन्फाले साधारणतर्फ ५ सय र भीआईपीतर्फ एक हजार टिकट मूल्य तोकेको छ । फाइनल खेल बुधबार साढे ६ बजे हुनेछ । 

Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.