फ्रेन्च लिग वानमा मार्सेमाथि पीएसजीको जित

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
फ्रेन्च लिग वानमा मार्सेमाथि पीएसजीको जित

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले कट्टर प्रतिद्वन्द्वी मार्सेलाई ३-० ले पराजित गरेको छ । यससँगै पीएसजीले लिग वानमा आफ्नो अपराजित यात्रालाई ९ खेलसम्म विस्तार गरेको छ ।

यस जितपछि पीएसजीले लिग तालिकाको शीर्ष स्थानमा आफ्नो स्थिति अझ बलियो बनाएको छ । स्टेड भेल्डोरोममा जाओ नेभेसले ७ औं मिनेटमा पीएसजीका लागि पहिलो गोल गरे ।

२० औं मिनेटमा एमिन हारिट सिधा रातो कार्डमा मैदान छाड्न बाध्य भएपछि घरेलु टोली मार्सेले अधिकांश खेल १० खेलाडीसहित खेल्यो । २९ औं मिनेटमा मार्सेका कप्तान लियोनार्डो बेलेर्डीले आत्मघाती गोल गरेपछि पीएसजीले उपहार गोलमार्फत अग्रता दोब्बर पार्यो ।

४० औं मिनेटमा गोलभ ने बार्डली बारकोलाले गोल गरे । पीएसजीले पहिलो हाफको स्कोर लाइन अन्यसम्म मेन्टेन गर्यो । यससँगै नौ चरणको खेल टुंगिदा पीएसजीले ९ खेलमा २३ अंक भएको छ । पीएसजी लिगको शीर्ष स्थानमा छ । मार्से भने १७ अंकमा तेस्रो स्थानमा छ । मोनाका २० अंकमा दोस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.