एफसी अन्डर-१७ एसियन कप छनोटमा जितविहीन हुँदै घर फर्कियो नेपाल

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
एफसी अन्डर-१७ एसियन कप छनोटमा जितविहीन हुँदै घर फर्कियो नेपाल

काठमाडौं । एफसी अन्डर-१७ एसियन कप छनोटमा नेपाल जितविहीन हुँदै घर फर्किएको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा मंगोलीयासँग १-० ले पराजित भएपछि नेपाल जितविहिन हुँदै घर फर्किएको हो ।

साउदी अरबमा अर्को वर्ष हुने अन्डर-१७ एसियन कपमा स्थान बनाउने लक्ष्यसहित कतार पुगेपनि नेपाली किशार टोलीले खास प्रदर्शन गर्न सकेन । मंगोलियाका लागि ओडखु सोयोलले ७८ औं मिनेटमा गरेको गोल निर्णायक सवित भयो ।

जापानसँग पहिलो खेलमा ९-२ ले पराजित भएको नेपालले दोस्रो खेलमा कतारसँग ५-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । मंगोलियाले भने कतारसँग २-० र जापानसँग ७-० को हार बेहोरेको थियो । नेपालले प्रतियोगिताभर १५ गोल बेहोर्दा दुई गोल मात्रै फर्काउन सक्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.