‘स्मृ‌तिमा सुवास नेम्वाङ’ स्मृति ग्रन्थ सार्वजनिक

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘स्मृ‌तिमा सुवास नेम्वाङ’ स्मृति ग्रन्थ सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनद्वारा प्रकाशित ‘स्मृ‌तिमा सुवास नेम्वाङ’ स्मृति ग्रन्थ सार्वजनिक भएको छ ।

काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले स्मृति ग्रन्थको विमोचन गर्नुभएको हो । उहाँले संविधान निर्माण र संक्रमणाकालीन न्यायलाई सफल बनाउनसमेत नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।

राजनीतिक दलहरु विभाजित भएको अवस्थामा पनि समन्वयकारी भूमिका निभाउँदै सबैलाई मिलाउन सक्ने खुबी भएका नेता नेम्वाङको आवश्यकता मुलुकलाई खड्किएको कार्यक्रममा सहभागी नेता तथा कानुनका विज्ञहरुले बताए ।

सरल स्वभाव एवं बौद्धिक र कूटनीतिक विचारका धनी नेम्वाङको स्मृति ग्रन्थमा राजनीतिक आयाम, संविधान निमार्णमा गर्नुभएको महत्त्वपूर्ण योगदानलगायत ४३ वटा लेख संग्रहित छन् । स्मृति ग्रन्थ ३ सय ८० पृष्ठको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.