महोत्तरीमा एक महिलाको शव फेला

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
 महोत्तरीमा एक महिलाको शव फेला

महोत्तरी । महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।  

पिपरा गाउँपालिका-७ दनौली चौरी स्थित आँप बगैंचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको हो ।

स्थानीय अशोक ठाकुरको आँप बगैंचामा मन्दिर नजिकै अन्दाजी २७ वर्षीया महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले जानकारी दिनुभयो ।

डिसपी जैसवार अनुसार सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एस पि नकुल पोखरेलको कमान्डमा टोलि घट्ना स्थल पुगेर अनुसन्धान सुरु गरेको छ । शव भेटिए पनि महिलाको पहिचान हुनसकेको छैन ।

पहिचान खुल्न नसकोस् भनेर अनुहार जलाएर विभत्स हत्या गरेको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले घटनास्थल सुरक्षित राखी मुचुल्का उठाउने काम गरिरहेको छ ।

घटनाबारे सत्य तथ्य पत्ता लगाउन प्रशिक्षित कुकुर समेत परिचालन गरिएको छ । महिलाको सनाखतको प्रयास भइरहेको र शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.