साफ महिला च्याम्पियनसिप : भारत र नेपालबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी [LIVE]

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिप : भारत र नेपालबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी [LIVE]

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलअन्तर्गत जारी नेपाल र भारतबीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । काठमाडौंको दशरथ रंगशालामा भइरहेको खेल आज साँझ साढे ६ बजे सुरु भएको हो ।

पहिलो हाफमा नेपाल र भारत दुवैले गोल गर्न सकेका छैनन् । खेलको ३१ औं मिनेटमा सावित्रा भण्डारीले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलकिपर देवी वाङदेमले जोगाइन् । रिबाउन्ड बलमा अमिशा कार्कीको प्रहारसमेत गोलकिपरले बाहिर पठाइदिइन् ।

नेपाल समूह ‘बी’को विजेता र भारत समूह ‘ए’को उपविजेता बनेपछि यी दुई टोलीको भेट अन्तिम चारमा भएको हो । आजको खेलमा नेपालका प्रशिक्षक राजेन्द्र तामाङले नेपाली टिममा एक परिवर्तन गरेका छन् । सरु लिम्बूको ठाउँमा पूजा राना पहिलो रोजाइमा खेलिरहेकी छन् ।  

सातौं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल अपराजित टोली हो भने भारत समूह चरणको खेलमा बंगलादेशसँग पराजित भएको थियो । 

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा जारी छ । साथै कान्तिपुर म्याक्सको युट्युब च्यानलमा पनि खेल हेर्न सकिन्छ । कान्तिपुर टेलिभिजनको मोबाइलमा एपमा समेत खेलको प्रत्यक्ष प्रसारण चलिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.