तिहार नजिकिएसँगै झिलिमिली बत्तीको कारोबार बढ्यो

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
तिहार नजिकिएसँगै झिलिमिली बत्तीको कारोबार बढ्यो

काठमाडौं । उज्यालोको पर्व तिहार नजिकिएसँगै अहिले बजारमा सजावटका बत्तीको कारोबार बढेको छ । पछिल्ला वर्षमा विद्युत्‌को पहुँच बढेसँगै यस्ता घरआँगन सजाउने झिलीमिली बत्तीको कारोबार पनि बढ्दै गएको छ । 

यस वर्ष आयात गर्ने समयमा परेको अविरल वर्षा र बाढीपहिरोले उत्तरी नाका बन्द भएपछि पर्याप्त सामान आउन भने सकेन ।

केही वर्षअघि यस्ता झिलिमिली बत्ती भारतबाट समेत आयात हुने गरेकोमा अहिले भने सबै चीनबाट मात्रै आयात हुने गरेका छन् । तर असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षा र बाढीपहिरोले उत्तरी नाका बन्द भएपछि यस बर्ष झन्डै ५० प्रतिशतले आयात घटेको छ । समुद्रीमार्गबाट आयात गरिएको सामानले मात्रै बजार माग धान्दा मूल्यसमेत बढेको उपभोक्ता बताउँछन् ।

तर व्यापारी भने मूल्य स्थिर रहेको दाबी गर्छन् । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ९ करोड ८४ लाखको झिलिमिली बत्ती आयात भएकोमा यस बर्ष घटेर ४ करोड ७४ लाखको मात्रै आयात भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.