९ हजार ८ सय सेयर सदस्य रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त सहकारी घोषणा

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
९ हजार ८ सय सेयर सदस्य रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त सहकारी घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले कीर्तिपुर नगरपालिका वडा नम्बर ९ मा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । 

बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले दर्शन सहकारीलाई प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा २ बमोजिम समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

मन्त्री बिमल ठकुरीले बचतकर्ताको रकम सुरक्षित गर्न सहकारीलाई समस्याग्रस्त घोषणा गरेर अगाडि बढ्ने निर्णय गरेको बताउनुभयो । प्रदेश सरकार मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति काठमाडौँलाई दर्शन सहकारीमा शीलबन्दी गर्न निर्देशन दिइसकिएको मन्त्री ठकुरीको भनाई छ ।

९ हजार ८ सय ५७ शेयर सदस्य रहेको सहकारीले ५२ करोड ८२ लाख रुपैयाँ बचत रकम भुक्तानी फिर्ता दिन बाँकी छ ।

सहकारीले गत पुस २८ गते साधारणसभा गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.