आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै

काठमाडौं । अमेरिकामा जारी आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा आज राति नेपालले घरेलु टोली अमेरिकाको सामना गर्ने छ ।

अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलत सिरिजको दोस्रो तथा लिग २ को ३८ औं खेलमा नेपाल र अमेरिका आमनेसामने हुन लागेका हुन् । ग्रान्ड प्रेरी स्टेडियमा खेल राति सवा ९ बजे हुने छ । नेपालका लागि यस त्रिकोणात्मक सिरिजमा यो पहिलो खेल हो ।

स्कटल्यान्डसँग १० विकेटको लजास्पद हार पछि अमेरिका नेपालविरुद्ध पुनरागमनको आशसहित मैदान उत्रिँदैछ । सिरिजअघि खेलिएको ३ खेलको टी-२० आई सिरिज क्लिनस्विप गर्दै ऐलिहासिक जित हात पारेको नेपाल सोही लयलाई निारन्तरता दिने लक्ष्यमा हुने छ ।

यस सिरिजमा नेपालले ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरेको थियो । तर अमेरिका एसँगको हारले नेपाललाई थोरै भएपनि दबाब बढेको छ ।

पछिल्लो सयम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा खास प्रदर्शन गर्न नसकेको रोहित पौडेलको टोलीलाई एसोसिएट देशमा आफूलाई बलियो रुपमा स्थापित गर्न यो सिरिज जित्नु पर्ने दबाब छ । मोन्टी देशाईको प्रशिक्षणमा रहेको नेपालले प्रशिक्षण मण्डलमा पुबुदु दशानायकेलाई सामेल गरेको छ ।

यस सिरिज अघि क्यानडा भ्रमणका दौरान नेपालले कुनै जित हासिल गर्न सकेको थिएन । वर्षाका कारण नेपालले ओमानसँग अंक बाढेको थियो । त्यस सिरिजमा नियमित ओपनर कुशल भुर्तेल खराब लयमा रहेका कारण उनलाई तल्लो अडरमा झारिएको थियो । तर अमेरिकासँगको टी-२० आई सिरिजमा कुशलले तेस्रो स्थानमा ब्याटिङ गर्दै सानदार प्रदर्शन गरेका थिए ।

उक्त सिरिजमा सर्वाधिक रन बनाएका कुशललाई प्रशिक्षक मोन्टी देशाइले शीर्ष क्रममा पठाउन सक्छन् । लिग टूको पहिलो सिरिजमा पनि नेपालले घरेलु मैदानमा निराशाजनक प्रदर्शन गरेको थियो । भिसा समस्याका कारण टी-२० सिरिज गुमाएका सन्दीप लामीछाने टिममा सामेल भएका छन् ।

दुई टोलीबिच हालसम्म ७ एकदिवसीय खेलिएकोमा नेपालले ४ खेल जित्दा अमेरिकाले २ खेल जितेको छ । १ खेल विनानतिजा समाप्त भएको छ । ओडीआई वरियतामा अमेरिका १६ औं र नेपाल १७ औं स्थानमा छ । लिग २ मा ८ खेल खेल्दा केवल १ जितसहित ३ अंक जोडेको नेपाल ८ टिम मध्ये पुछारबाट दोस्रो स्थानमा छ । ९ खेलमा ६ जित हात पारेको अमेरिका तेस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.