आईसीसी विश्वकप लिग टु सिरिजका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग टु सिरिजका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल, अमेरिका र स्कटल्यान्डबीच अमेरिकामा जारी आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टिममा २ जना खेलाडीलाई रिजर्भमा राखिएको छ ।

यसअघि क्यानडामा नेपाल, ओमान र क्यानडा सम्मिलित सिरिज खेलेको टोलीले निरन्तरता पाएको छ । भिसा समस्याका कारण अमेरिकाविरुद्धको ३ खेलको टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा फर्किएका छन् । उनी क्यानडा भ्रमणका क्रममा भने नेपाली टिममा सामेल थिए । सागर ढकाल र देव खनाल रिजर्भमा छन् ।

देव अघिल्लो लिग -२ सिरिजमा पनि रिजर्भमा थिए । सागर यस सिरिजमा थप गरिएका हुन् । लिग टु मा नेपालले भोलि राति घरेलु टोली अमेरिकासँग खेल्ने छ ।

यसै सिरिजका लागि पुबुदु दशानायके नेपालको प्रशिक्षण मण्डलमा सामेल भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.