साउदी प्रो लिगमा अल नासर र अल खुलुदको ३-३ गोलको बराबरी

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिगमा अल नासर र अल खुलुदको ३-३ गोलको बराबरी

काठमाडौं । साउदी प्रो लिगअन्तर्गत गएरातिको खेलमा अल नासरले अवे खेलमा अल खुलुदसँग ३-३ गोलको बराबरी खेलेको छ । रोनाल्डोको कप्तानीमा रहेको टिमले एक गोलले पछि परेको अवस्थाबाट बराबरी गरेको हो ।

खेलको १२ औं मिनेटमा नै घरेलु टिमका माइकजान माओलिदाले गोल गरेपछि नासर एक-शून्यले पछि परेको थियो । तर आयमेरिक लापोर्टले खेलको १६ औं मिनेटमा नै गोल फर्काएका हुन् । यससँगै खेल फेरी बराबरीमा आएको थियो ।

एन्डरसन टालिस्काले खेलको २४ औं मिनेटमा गोल फर्काएपछि भने नासरले अग्रता आफ्नो हातमा पारेको थियो । तर त्यो अग्रता उसले जोगाउन सकेन । जे मुलेकाले दिलाएको पासमा माओलिदाले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा ज्याक्सन मुलेकाले खुलुदलाई पुन अग्रता दिलाएका थिए । तर इन्ज्युरी समयमा नासरले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरमा टालिस्कारले बराबरी गोल फर्काएका हुन् । 

यो बराबरीसँगै नासरले ८ खेलबाट १८ अंक बनाएको छ । जारी लिगमा अपराजित नासरको यो तेस्रो बराबरी हो । गएराति नै भएको अर्को खेलमा अल अहलीले अल अखदुदसँग १-१ को बराबरी खेलेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.