भिनिसियसले यो वर्षको बलोन डोर अवार्ड जित्ने रियल मड्रिडका प्रशिक्षक एन्सोलोटीको दाबी

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
भिनिसियसले यो वर्षको बलोन डोर अवार्ड जित्ने रियल मड्रिडका प्रशिक्षक एन्सोलोटीको दाबी

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सोलोटीले आफ्ना खेलाडी भिनिसियस जसयनरले यो वर्षको बलोन डोर अवार्ड जित्ने दाबी गरेका छन् । यही आइतबार हुने एल क्लासिको अघिको पत्रकार सम्मेलनमा उनले आफ्ना फरवार्डले बालोन डोर जित्नेमा विश्वस्त रहेको बताए ।

अघिल्लो वर्ष मात्रै स्टार फरवार्ड केलियन एम्बाप्पेलाई भित्र्याएको भए पनि रियलको खेलमा भिनिसियसको उपस्थितिले राम्रो प्रभाव जमाइरहेको छ । च्याम्पियन्स लिगको पछिल्लो खेलमा पनि उनले बोरुसिया डर्टमन्डविरुद्ध दोस्रो हाफमा हृयाट्रिक गरेका थिए । प्रशिक्षक एन्सोलोटीले आफूले देखेको दिनदेखि नै भिनिसियस जुनियर आज्ञाकारी, मेहेनेती रहेको र व्यवसायिक जीवनमा सफल रहेको बताएका हुन् ।

बालोन डोरको घोषणा मिति नजिकिँदै गर्दा यो अवार्ड कसले जित्ला भनेर फुटबल वृत्तमा चर्चा सुरु भएको छ । ह्यारी केन, जुड बेलिङ्घम, रोड्रि र भिनिसियस जुनियरको चर्चा भइरहेको छ । स्पेनिस खेलाडी आइताना बोनमाटी महिलातर्फ चर्चाको शिखरमा छिन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.